कम्युनिस्टहरूको नैतिकता बुर्जुवाको घुँडासम्म पनि रहेनछ : सुदन किराती
सारांश
- माओवादी नेता सुदन किरातीले कम्युनिस्ट नेताहरूको नैतिक धरातल खस्किएको टिप्पणी गरेका छन्।
- उनले जर्ज वासिङ्टनको उदाहरण दिँदै नेपाली नेताहरूको पदलोलुपताको आलोचना गरे।
- किरातीले प्रचण्डको भनाइ र नेपाली राजनीतिमा देखिएको सुविधा भोगी प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले नेपालका कम्युनिस्ट नेताहरूको नैतिक धरातल खस्किएको भन्दै तिखो टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै उनले कम्युनिस्टहरूको नैतिकता आफूहरूले भन्ने गरेको 'बुर्जुवा'हरूको भन्दा पनि तल झरेको बताए ।
'हामी कम्युनिस्टहरुको नैतिक उच्चाई हामीले नै भन्दै गरेको बुर्जुवाहरूको घुँडा घुँडा सम्म पनि रहेनछौँ,' किरातीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
उनले अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको उदाहरण दिँदै नेपाली नेताहरूको पदलोलुप प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। वासिङ्टनले दोस्रो कार्यकालका लागि चौतर्फी दबाब आउँदा ‘तेस्रो पटक राष्ट्रपति बन्न भन्न पाइने छैन’ भन्ने सर्त राखेर मात्र स्वीकारेको र त्यही नैतिकता अमेरिकामा संस्कृति बनेको उनले उल्लेख गरेका छन्।
नेता किरातीले नेपाली राजनीतिमा देखिएको सुविधा भोगी प्रवृत्ति र पदका लागि हुने होडबाजीप्रति असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको 'कम्युनिस्ट पार्टीभित्र विचलन आयो, नेताहरू पद मात्रै खोज्छन्' भन्ने अभिव्यक्तिले आफूलाई शान्त रहन नदिएको पनि उनले उल्लेख गरेका छन् ।
'नेपाली राजनीतिमा राज्यले दिएको सुविधा उपयोग गर्दै सम्माननीयहरूको असम्माननीय होडबाजी र अध्यक्ष कमरेड प्रचण्डको भनाइबाट म शान्त रहन सकिनँ,' उनले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण