कञ्चनपुर र प्युठानमा भारी वर्षा, नवलपरासी पनि सतर्कता अपनाउन आग्रह
सारांश
- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुर र प्युठानमा भारी वर्षाको चेतावनी जारी गरेको छ।
- कञ्चनपुरको हनुमान नगरमा १२४.६ मिलिमिटर र प्युठानमा १५४.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
- महाशाखाले तटीय क्षेत्र र डुबान हुने स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ, आगामी २४ घण्टामा वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार कञ्चनपुर र प्युठानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा महाशाखाले चेतावनी नै जारी गरेको छ ।
कञ्चनपुरको हनुमान नगरस्थित केन्द्रले आइतबार ४ बजे गरेको मापनअनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा १२४.६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सेउलीबाङ केन्द्रको मापनअनुसार प्युठानमा १५४.८ मिलिमिटर वर्षा भएको छ ।
यता, अर्घाखाँचीको राङसिङ केन्द्रको मापनअनुसार पछिल्लो २४ घण्टामा ११८.४ मिलिमिटर वर्षा भएको छ । पछिल्लो १ घण्टामा नवलपरासी जिल्ला स्थित देउराली नवल वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने बिनै खोला लगायत स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनु हुनेहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी २४ घण्टा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लगायत देशका पहाडी भू–भागहरूका धेरै स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण