न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गयो : प्रमुख सचेतक बर्तौला
सारांश
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यायालयप्रति नागरिकको विश्वास कमजोर भएको बताए।
- उनले न्यायाधीशहरूको आचरण र न्याय सम्पादनमा विचलनका कुराहरूमा प्रश्न उठाए।
- घिमिरेले न्यायाधीशहरूले तथ्य र प्रमाणभन्दा जोगिन फैसला गर्ने गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा सोमबार बोल्दै न्यायालयप्रति आम जनताको भरोसा करिब करिब टुट्न खोजेको स्थिति रहेको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो चरणमा न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर भएको छ । कमजोर मात्रै होइन, भरोसा करिब करिब टुट्न खोजेको छ । त्यसमा जिम्मेवार कारण धेरै होलान् त्यसमध्ये एउटा न्यायाधीशहरूको भूमिकाहरूप्रति नै गम्भीर प्रश्न छ । उहाँहरूको आचरण, न्याय सम्पादनमा विचलनका कुराहरू, यी विषयहरू छन् । यहाँले भोलि यस प्रकारका टिप्पणीहरू पुनः नआउन् भनेर कसरी अघि बढ्नुहुन्छ । पीडितले न्याय पाउने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ ?’
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई यसबारे तपाईँका योजना के छन् ? भन्दै प्रश्न गरे । न्यायाधीशहरूको भूमिकाहरूप्रति नै आम नागरिकहरूले प्रश्न उठाउने गरेको उनले बताए ।
प्रमुख सचेतक बर्तौलाले न्यायाधीशहरूले कतिपय विषयमा उपलब्ध तथ्य र प्रमाण भन्दा पनि आफू जोगिनको लागि र भीडबाट जोगिने गरी फैसला गर्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण