*प्रस्तावित न्याय परिषद् सदस्य नेपाललाई प्रश्न : न्यायपालिकामा कसरी सुधार ल्याउनुहुन्छ ?
सारांश
- सांसद प्रकाश अधिकारीले प्रस्तावित न्याय परिषद् सदस्य मेघराज पोखरेललाई न्याय परिषदमा उजुरीबारे प्रश्न सोधे।
- अधिकारीले न्याय परिषद समावेशी नभएको र दलीय भागबन्डामा नियुक्ति हुने गरेको आरोप लगाए।
काठमाडौँ । सांसद प्रकाश अधिकारीले प्रस्तावित न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई न्याय परिषदमा प्रशस्त उजुरी पर्ने गरेको तर निर्णय हुने गरेको छैन नि भन्दै प्रश्न गरेका छन् । सोमबार भएको संसदीय सुनुवाइमा सांसद अधिकारीले प्रस्तावित न्याय परिषद् सदस्य नेपाललाई यसरी न्यायपालिकामा कसरी सुधार ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।
अधिकारीले भने, ‘न्याय परिषद् आफैमा न्याय क्षेत्रलाई सुधार शुद्धता ल्याउने निकाय । त्यसअनुसार सुधार भएन कि भन्ने मलाई लाग्छ । न्याय परिषदमा प्रशस्त उजुरी पर्ने गरेका छन् । निर्णय र निर्क्यौल हुँदैन । उजुरी परेकालाई सर्वोच्चमा पुरस्कृत गरी न्यायाधीश सिफारिस गर्ने दोहोरिरहेको छ । यसरी न्यायपालिकामा कसरी सुधार ल्याउनुहुन्छ ? शुद्धता कसरी ल्याउनुहुन्छ ?’
उनले न्याय परिषद् आफैँमा समावेशी नभएको समेत बताए । उनले भने, ‘न्याय परिषद् आफैमा समावेशी छैन । पाँच जनामा एउटा पनि महिला छैन । नियुक्ति कुन आधारमा गरिन्छ ?’ उनले नेपाललाई प्रश्न गरे– ‘न्यायाधीश नियुक्ति कुन आधारमा हुन्छ ? त्यो दलीय भागबन्डामा हुने गरेको । कसरी न्याय क्षेत्रलाई दलीयमा प्रभावित नभई न्यायिक कार्य गर्नुहुन्छ ?’ *(समाचारमा प्रस्तावित न्याय परिषद् सदस्य महेशकुमार नेपाल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण