अनन्त अम्बानीलाई कति तलब दिँदैछ रिलायन्स ?
सारांश
- मुकेश अम्बानीका छोरा अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजको कार्यकारी निर्देशक नियुक्त भएका छन्।
- अनन्तलाई वार्षिक १० देखि २० करोड भारु तलब र अन्य भत्ताको साथै मुनाफामा आधारित कमिसन पनि दिइनेछ।
- अनन्त जियो प्लेटफर्म र रिलायन्स रिटेल बोर्डमा पनि संलग्न छन्, र उनले वंतारा प्रोजेक्टमा काम गरिरहेका छन्।
नयाँ दिल्ली । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजको कार्यकारी निर्देशकको नयाँ भूमिका पाएका छन् । कम्पनीको उत्तराधिकार योजनाअनुसार अनन्तलाई कम्पनीमा सो भूमिका दिइएको हो । गएको वर्ष रियालन्यमा अनन्त अम्बानीको साथै उनको दाजु आकाश अम्बानी र दिदी ईशा अम्बानीलाई गैर कार्यकारी निर्देशकको रूपमा कम्पनीको सञ्चालन समितिमा सामेल गरिएको थियो ।
तर त्यतिबेला यी तीन जना तलबको हकदार थिएनन् । उनीहरूलाई मिटिङमा बसेबापत चार लाख भारु भत्ता र आव २०२३/२४ को लागि ९७/९७ लाख भारु बराबरको कमिशन भने दिइएको थियो ।
बिजनेस टूडेमा छापिएको समाचार अनुसार रिलायन्सले आइतबार पोस्टल ब्यालेट नोटिस जारी गर्दै कम्पनीको सबै सेयर धनीलाई नयाँ भूमिकामा अनन्त अम्बानीलाई दिइने तलबबारे जानकारी दिइएको छ । नोटिस अनुसार रिलायन्सको कार्यकारी निर्देशकको रूपमा अनन्तले मुनाफामा आधारित कमिसन र अन्य कार्यकारी भत्ता बाहेक १० देखि २० करोड भारुबिचको वार्षिक तलब दिइनेछ ।
तलब, भत्ता र सुविधा बाहेक पनि अनन्तले कम्पनीको खुद मुनाफाका आधारमा पारिश्रमिक पाउने भनेर नोटिसमा उल्लेख गरिएको छ । २०२४ को अप्रिलमा कार्यकारी निर्देशक पदमा पदोन्नति गर्दै अनन्त अम्बानीलाई रिलायन्सको ऊर्जा पोर्टफोलियोको जिम्मेवारी दिइएको थियो ।
अनन्त जियो प्लेटफर्म र रिलायन्स रिटेल बोर्डमा पनि संलग्न छन् । उनले रिलायन्स फाउन्डेसनको वंतारा प्रोजेक्टमा पनि काम गरिरहेका छन् । कार्यकारी निर्देशकको रूपमा अनन्तको नियुक्ति कम्पनीको हितमा हुने रिलायन्स इन्डष्ट्रिजले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण