राजनीति
अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा (सूचीसहित)
सोमबार, १६ असार २०८२, १७ : ५२
सारांश
- अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको छ।
- नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको नयाँ कमिटी घोषणा गरियो।
- नयाँ कमिटीको बैठक आगामी साउन पहिलो साता बस्नेछ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको छ । असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटी घोषणा गरेको हो ।
नवगठित कमिटीको आगामी साउन पहिलो साता केन्द्रीय कमिटीको पहिलो बैठक र असार २१ गते पदाधिकारी बैठक बस्ने अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठले सोमबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
पदाधिकारी बैठकले सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने अध्यक्ष न्यौपाने र महासचिव श्रेष्ठले सोमबार जारी गरेको सर्कुलरमा उल्लेख छ ।
यसअघि गत माघमा महेश श्रेष्ठको नेतृत्वमा घोषणा भएको अनेरास्ववियूकाे नेतृत्वप्रति असहमति जनाउँदै न्यौपाने समूहले समानान्तर कमिटी गठन गरी घोषणा गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण