काभ्रेको नार्केमा पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध
सोमबार, १६ असार २०८२, १९ : ०९
काभ्रे । काभ्रेको नार्केमा लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग अवरूद्ध भएको छ । रोशी गाउँपालिका वडा नम्बर ९ स्थित नार्केमा लेदोसहित आएको पहिरोको कारण बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार साँझ ५ बजेको समयमा वर्षातका कारण लेदोसहित आएको पहिरो खस्दा बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।
अवरुद्ध भएको राजमार्गलाई ट्राफिक प्रहरी, प्रहरी, सडक विभागको सहकार्य र समन्वयमा खुलाउने प्रयास जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण