‘मिरमिरे’ वर्कसपमा आफूलाई निखार्दै दयाहाङ र प्रकाश
काठमाडौँ । फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहने फिल्मको आइतबारदेखि वर्कसप सुरु गरिएको हो ।
फिल्ममा निर्वाह गर्ने भूमिकालाई सहज बनाउन कलाकारलाई वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले बताए ।
‘सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबिच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ’, निर्देशक शेर्पाले भने, ‘यसले फिल्मको छायाङ्कन समय बचत गर्दै खर्चसमेत घटाउनेछ ।’
फिल्मको वर्कसप कान्तिपुर फिल्म एकेडेमीमा चलिरहेको छ । बिहीबारसम्म वर्कसप चल्ने फिल्मको शुक्रबार काभ्रेमा छायाङ्कन सुरु हुनेछ । फिल्मका पूरै छायाङ्कन काभ्रेमा हुने निर्देशक शेर्पाले बताए । ‘मिरमिरे’ मार्फत प्रकाश र दयाहाङले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।
यार्सा फिल्मस्काे प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ लगायतको अभिनय रहनेछ ।निर्देशक शेर्पाकै लेखन रहेको फिल्म निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले निर्माण गर्न लागेका हुन् ।
फिल्मका सह निर्माता गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल हुन् । फिल्म २०८२ भित्र प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण