सांसद डिपी अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीकाे विषयमा छानबिनको माग
सारांश
- सामाजिक अभियन्ता युवराज पौडेलले सांसद डिपी अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करीको छानबिन माग गरेका छन्।
- सांसद अर्यालले आफू भिजिट भिसामा नेपाली पठाउने सुमिरे टुर्स एण्ड ट्राभल्सको सञ्चालक भएको बताएका थिए।
- पौडेलले अर्याल र उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको छानबिनको माग गर्दै उजुरी दर्ता गराएका हुन्।
काठमाडौँ। सामाजिक अभियन्ता युवराज पौडेल (सफल)ले प्रतिनिधिसभा सदस्य डिपी अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता गरेका छन्।
प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.ली. को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको बताएका थिए। यही अभिव्यक्तिलाई आधार बनाएर सफलले सांसद अर्याल र उनको कम्पनीमार्फत विदेश पठाइएका नागरिकहरूको प्रक्रिया, कागजात र वैधानिकता विषयमा गहिरो छानबिन आवश्यक रहेको तर्क गरेका छन्।
उनले सोमबार दर्ता गराएको निवेदनमार्फत भनेका छन्, “भिजिट भिसाको नाममा ‘सेटिङ’ गरेर त्रिभुवन विमानस्थल हुँदै नागरिक विदेश पठाइएको प्रमाणहरू सार्वजनिक भइसकेका छन्। यस्तोमा अर्यालको कम्पनीले कागजात पूरा गरेर नागरिक पठाएको स्विकार्न सकिन्न।”
उक्त उजुरीमा सांसद डिपी अर्यालसहित कम्पनीका अन्य सञ्चालकलाई कानुनी दायरामा ल्याई दोषी ठहरिए हदसम्मको कारबाही गर्न माग गरिएको छ। प्रधानमन्त्री कार्यालयले हालसम्म यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण