‘क्याप्टेन कूल’ नामको ट्रेडमार्क दर्ता गर्न खोज्दै धोनी
सारांश
- महेन्द्र सिंह धोनीले 'क्याप्टेन कूल' उपनाम ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएका छन्।
- सुरुमा अर्को व्यक्तिले ट्रेडमार्क दर्ता गराएकाले आवेदनमा अवरोध आएको थियो।
- धोनीका कानुनी व्यवसायीहरूले नाम धोनीसँग जोडिएको र उनको पहिचान भएको तर्क गरे।
काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले आफूलाई दिइएको चर्चित उपनाम ‘क्याप्टेन कूल’ ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएका छन्।
धोनीले यो नाम विशेष गरी कोचिङ र ट्रेनिङ सेन्टरहरूमा प्रयोग गर्न अधिकार प्राप्त गर्न चाहेका हुन्। उनले गएको जुन ५ तारिख ट्रेडमार्क रजिस्ट्री पोर्टलमार्फत् आफ्नो आवेदन बुझाएको दैनिक भास्करले जनाएको छ ।
तर सुरुमा उक्त आवेदनमा अवरोध आएको थियो, किनभने ‘क्याप्टेन कूल’ नामले पहिले नै अर्को व्यक्ति वा संस्थाले ट्रेडमार्क दर्ता गराइसकेको देखिएको थियो। कानुन अनुसार, यस्तै नामको प्रयोगले जनतामा भ्रम पैदा हुन सक्ने सम्भावनाले रोकिएको थियो।
तर धोनीका कानुनी व्यवसायीहरूले ‘क्याप्टेन कूल’ शब्द विगत धेरै वर्षदेखि धोनीसँग गहिरो रूपमा जोडिएको तर्क गरेका छन् ।उनीहरूले प्रशंसक, मिडिया र क्रिकेट समुदायले उनलाई यही नामले चिन्दै आएको उल्लेख गर्दै, यसमा धोनीको पहिचान बसेको दाबी गरेका छन् ।
‘क्यप्टेन कूल’ उपनाम धोनीले खेल मैदानमा देखाउने शान्त र संयमित व्यवहारका कारण प्राप्त गरेका हुन्। कठिन परिस्थितिमा पनि उनी शान्त दिमागले निर्णय लिने क्षमता राख्थे, जसले उनलाई यो नाम दिलायो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण