शिवांश र रौनकको अर्धशतक, नेपाल विशाल योगफलतर्फ
सारांश
- एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ, जसमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ।
- नेपालले २५ ओभरमा ३ विकेट गुमाएर १६९ रन बनाएको छ, जसमा शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतक बनाए।
- समूह ए मा रहेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ र हालसम्म प्रतियोगितामा अपराजित छ।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ मा नेपालले मंलबार भुटानको सामना गर्दै छ । क्वाललम्पुरको सेलाङगोल टर्फ क्लबमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
२५ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १ सय ६९ रन जोडेको छ । नेपालका लागि विकेटकिपर शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतकीय इनिङ्स खेलेका छन् ।
खेलमा नेपालको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरमा नै परिमर्जन यादव मात्र २ रन बनाएर पभेलियन फर्किए । अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी मात्र ७ रन बनाएर पभेलियन फर्किँदा नेपालले १७ रन मात्र जोड्न सकेको थियो ।
त्यसपछि शिवांश र रौनकले नेपालको इनिङ्स सम्हाले दुवैले तेस्रो विकेटका लागि ८४ बलमा ९१ रनको साझेदारी गरे । शिवांश ५२ बलमा ५४ रन जोडेपछि रन आउट हुन पुगे । उनले ५ चौका प्रहार गरे ।
रौनक भने ६३ बलमा ६६ बनाएर खेलिरहेका छन् । उनले ८ चौका प्रहार गरेका छन् । त्यस्तै, सुगम बुढाथोकीले २० बलमा २८ रन बनाउँदै उनलाई साथ दिइरहेका छन् ।
समूह एमा रहेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । टोली हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । टोलीले ३ खेलबाट सर्वाधिक ६ अंक बटुलेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानमाथि ९ विकेटको जित हात पारेको थियो । तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० को विशाल अन्तरले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण