रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा भुटानलाई नेपालको विशाल लक्ष्य
सारांश
- एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दियो।
- रौनक श्रीवास्तवले १६८ रनको शतकीय पारी खेले भने जोय थापा र सिवान्स बजगाईले अर्धशतक बनाए।
- नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो, र सेमिफाइनलमा पुगिसकेको छ।
काठमाडौँ । रौनक श्रीवास्तव एक्लैले १६८ रन बनाउँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार मलेसियाको सोलानगोर मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो ।
नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका ५ छक्का प्रहार गर्दै १६८ रनको शतकीय पारी खेले ।
नेपालका जोय थापा र सिवान्स बजगाईले अर्धशतकीय पारी खेले । ६७ बल खेलेका जोयले ७ चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै सिवान्सले ५ चौकाको सहयोगमा ५४ रन बनाए ।
यसैगरी नेपालका लागि सुनम बुढाथोकीले ३५ रनको योगदान गरे । बलिङतर्फ भुटानका लागि सञ्जय दोर्जीले तीन विकेट लिँदा तेन्जिन लोडेले एक विकेट लिए ।
आजको खेलमा जित निकाले नेपाल अपराजित हुँदै अघिल्लो चरणमा पुग्नेछ । यद्यपि नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण