गायिकाद्वय एलिना र समीक्षाले भेटे गृहमन्त्रीलाई
सारांश
- चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटे।
- उनीहरूले साइबर अपराध मुद्दा अगाडि बढाउन गृहमन्त्रीको सहयोग मागेका थिए।
- मन्त्री लेखकले सहयोग गर्ने बताएका छन्।
काठमाडौँ । चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । सो क्रममा उनीहरुले साइबर क्राइम मुद्दा अगाडि बढाउन गृहमन्त्रीको सहयोग मागेको बताइएको छ ।
भेटमा मन्त्री लेखकले आफूलाई सहयोग र साथ दिने बताएको चौहानले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
मन्त्री लेखकसँगको तस्बिर शेयर गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदममा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद ।’
उनले थप लेखेकी छिन्– 'म यहाँसम्म तपाईँहरूको माया र साथले आइपुगेकी हुँ। तपाईँहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैँ राम्रै सोचुन् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आँच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण