झोलुङ्गे पुलले छोटियो यात्रा
सारांश
- गुल्मीमा खोलामा पुल बनेपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ।
- रुरुक्षेत्र गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएपछि दुई वडाका स्थानीय खुसी भएका छन्।
- पुल निर्माणले कृषिजन्य सामग्री बजारसम्म पुर्याउन र विद्यार्थीलाई विद्यालय जान सहज बनाएको छ।
गुल्मी । वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो । वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर खोला तर्नु पथ्र्यो । तर, अहिले भने पाँच मिनेटको दूरीमा सहजैसँग स्थानीय वारिपारि गर्दै आएका छन् ।
दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ । रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीय यतिबेला खुसी बनेका छन् । पुल बनेपछि वारिपारि गर्न र अर्मपर्म गर्न, बिहे भतेर र आपत्विपद्मा गाउँलेलाई एकापसमा सहयोग गर्न सजिलो बनाएको छ ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु एक करोड ८६ लाखको लागतमा रुरुक्षेत्रमा उक्त पुल निर्माण गरिएको हो । झोलुङ्गे पुलले पालिकाको वडा नं १ को गोलपोखरी र वडा नं २ को चौर फाँटलाई जोडेको छ ।
झोलुङ्गे पुलले दुई गाउँलाई नजिक बनाउनाका साथै किसानलाई उत्पादिन कृषिजन्य सामग्री बजारसम्म पुर्याउन थप सहज भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
स्थानीय तह निर्माणपछि रुरुक्षेत्रमा मात्रै ग्वादीसहित छम्दी, तालखोला र गोलपोखरी–बेँसीकाचौर गरेर चारवटा झोलुङ्ग पुल निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पुलको अभावमा विद्यार्थी नहुँदा थोर्गाको कालीगण्डकी प्राथमिक विद्यालयलाई रिडीमा समायोजन गर्नुपर्ने अवस्था बनेको थियो । विद्यार्थीलाई विद्यालय पुग्न डेढदेखि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले ग्वादीका विद्यार्थी पुल तर्ने बित्तिकै बस चढ्न पाउँने स्थिति बनेको रुरुक्षेत्र–२ ग्वादीका बासिन्दा ६६ वर्षीय त्रिलोचन ज्ञवालीले बताए । रामकृष्ण एसआरजेभीले निर्माण गरेको उक्त पुलको लम्बाइ ३४२ मिटर र उचाइ १३७ मिटर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण