रौनकको शतक, विपिनको चार विकेट : भुटानमाथि नेपालको शानदार जित
सारांश
- एसीसी यू-१६ क्रिकेटमा नेपालले भुटानलाई २९८ रनले पराजित गर्यो।
- नेपालका रौनक श्रीवास्तवले १६८ रन बनाए भने विपिन शर्माले चार विकेट लिए।
- भुटानले ३२ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनायो।
काठमाडौँ । रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा र विपिनले चार विकेट लिँदा नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानमाथि २ सय ९८ रनको सहज जित निकालेको छ ।
सोलानगोर मलेसियामा नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ ओभर २ बलमा समपूर्ण विकेट गुमाउँदै मात्र ६० रन बनायो ।
भुटानका लागि छिन्जाङ दावाले सर्वाधिक १४ रन बनाए । युगेन छोपेलले १० रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका लागि विपिन शर्माले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले ६ मेडन ओभर फाल्दै ७ रन खर्चिए । नेपालका सचिन भट्ट र सुयोग भट्टराईले दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो । नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका ५ छक्का प्रहार गर्दै १६८ रनको शतकीय पारी खेले ।

नेपालका जोय थापा र शिवांश बजगाईंले अर्धशतकीय पारी खेले । ६७ बल खेलेका जोयले ७ चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै शिवांशले ५ चौकाको सहयोगमा ५४ रन बनाए ।
नेपालका लागि सुनम बुढाथोकीले ३५ रनको योगदान गरे । बलिङतर्फ भुटानका लागि संञ्जय दोर्जीले तीन विकेट लिँदा तेन्जिन लोडेले एक विकेट लिए ।
समूह एमा रहेको नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । टोली हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । टोलीले ४ खेलबाट सर्वाधिक ८ अंक बटुलेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानमाथि ९ विकेटको जित हात पारेको थियो । तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई ३७० को विशाल अन्तरले पराजित गरेको थियो ।
अब सेमिफाइनलमा नेपालले समूह बीको दोस्रो स्थानमा रहेको मलेसियाको सामाना गर्नेछ । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ एक आपसमा भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण