बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

मोबाइलमा नक्कली असईको तस्बिर फेला
मङ्गलबार, १७ असार २०८२, १५ : ०५
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । सुनचाँदी पसलमा नक्कली गहना (तिलहरी) धितो राखेर लाखौं रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ४२ वर्षीय दिलमाया मगर छिन् ।

उनले बुद्धनगर स्थित एउटा सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखेर ११ लाख रुपैयाँ ठगी गरेकी हुन् ।असार १५ मा अर्को पसलमा गहना धितो राख्न पुगेको अवस्थामा व्यापारीहरुले खबर गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपीले ‘प्रहरी हुँ’ भनेर प्रहरी सहायक निरीक्षक (असई)को तस्बिर देखाएर समेत ठग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

उनले भने, ‘प्रहरीको तस्बिर देखाएर उनले व्यवसायीलाई त्रास देखाउने गरेको खुलेको छ, हामी अनुसन्धान गर्दै छौँ ।’उनको मोबाइलमा असईको युनिफर्म लगाएको फोटो भेटिएको छ । उनीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर ठगी मुद्दामा अनुसन्धान थालिएको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप