नेपाल वायु सेवा निगमको ६७ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौँ । नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । मंगलबार निगमको केन्द्रीय कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको हो ।
वार्षिकोत्सवका अवसरमा विभिन्न रचनात्मक सप्ताहव्यापी कार्यक्रमहरू गरिएका थिए । वार्षिकोत्सवको अवसरमा निगमद्वारा नवनिर्मित डाटा सेन्टरको मन्त्री पाण्डेले उद्घाटन समेत गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम ऐतिहासिक महत्त्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको बताए । उनले यसको विकासका लागि नेपाल सरकार सधैँ साथमा रहने प्रतिबद्धता समेत जनाए ।
निगम व्यवस्थापन तथा कर्मचारीहरूलाई वस्तुपरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न मन्त्री पाण्डेले निर्देशन समेत दिए । साथै हवाई क्षेत्र एक अर्कासँग आश्रित हुने भएकाले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सुदृढीकरण अपरिहार्य रहेको बताए ।
कार्यक्रममा बाेल्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्म गरेका उपलब्धिमूलक कार्यहरूको जानकारी दिए । सार्वजनिक खरिद विनियमावली नै निगमको प्रगतिको मुख्य बाधक भएको उल्लेख गरे ।
निगमको प्रमुख समस्या जहाजको अभाव रहेको भन्दै कम्तीमा दुई वटा न्यारोबडी जहाज लिजमा लिन सकिए अन्तर्राष्ट्रिय १० वटा गन्तव्यको सेवा नियमित गर्न सकिने उनले बताए । त्यसका लागि मन्त्रालय र नेपाल सरकारबाट सहजीकरणको अपेक्षा गरे । साथै निगमले गर्दै आएको ग्राउण्ड ह्यान्डलिङ सेवा कम्तीमा १५ वर्षसम्म निगमले नै गर्न पाउने व्यवस्था हुनुपर्ने समेत उनले बताए ।
निगमले विविध सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम, टेबल टेनिस प्रतियोगिता, खुला कविता वाचन प्रतियोगिता तथा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण