वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउँदै ललितपुर महानगर
ललितपुर । ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने भएको छ ।
सशस्त्र प्रहरी बलले ललितपुर महानगरसँग समन्वय गरी आयोजना गरेको समुदाय विपद् स्वयंसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले आगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनको बारेमा ज्ञान र सीप भएको स्वयंसेवकको समूह बनाउने बताए ।
उनले भने, ‘३० –३५ जनाको ग्रुप बनाउँछौँ , उहाँहरूलाई तालिम दिन्छौँ ।’ तालिम प्राप्त स्वयंसेवक समूहले विपद्को बारेमा ज्ञान बाँड्ने र विपद् भइहाले उद्धारको काममा खटिने बताए ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको कर्तव्य नगरबासीको सुरक्षा गर्नु भएको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा महानगरले धेरै काम गरे जस्तो लागे पनि असोज दोस्रो साताको बाढीले धेरै काम गर्न बाँकी देखाएको बताए ।
उनले भने, ‘त्यसैले ४ वटा डुङ्गा किन्यौँ , अब १ वटा थप्दै छौँ ।’स्वयंसेवकको समूह बनाएर उनीहरूलाई तामिल दिने , विपद्सम्बन्धी ज्ञान र विपद् व्यवस्थापनको सीपबारे बुझाउन समुदायमा स्वयंसेवक तयार पार्ने धारणा राखे ।
ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समुदायलाई विपद्का बारेमा ज्ञान र सीप सिकाउनु महत्त्वपूर्ण भएको बताउँदै सिकेका कुरालाई भविष्यमा हुनसक्ने विपद्का बेलामा प्रस्तुत गर्नु महत्त्वपूर्ण भएको बताए ।
नेपाली सेना राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्दले समुदायसँग जोडिएर विपद्बारे जान दिएर स्वयंसेवक तयार पार्नु भविष्यमा आइपर्न सक्ने विपद्को पूर्वतयारी भएको बताए ।
ललितपुर महानगरसँगको समन्वयमा सशस्त्र प्रहरी बलले २८ जना स्वयंसेवकहरुलाई १८ दिने तालिम दिएको हो ।तालिममा प्रशिक्षार्थीहरूलाई विपद्को परिचय, नेपालमा हुन सक्ने विपद्का घटना, सरोकारवाला निकायसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद्, त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो ।
यसैगरी महानगर प्रहरीलाई उक्त गणले नगर प्रहरीलाई पनि विपद् उद्धारसम्बन्धी पेसागत तालिम दिइएको थियो । उक्त तालिममा २४ जना नगर प्रहरी सहभागी थिए ।
उनीहरूलाई ‘र्याफ्ट वोट ह्याण्डलिङ ’तथा वाटर रेस्क्यू तालिम दिइएको थियो । कार्यक्रममा तालिमप्राप्त प्रशिक्षार्थीले आगलागी नियन्त्रण गर्दाको डेमो, नदीमा डुबेकाको उद्धार, भारी वर्षाका कारण नदीमा आएको बाढीले उद्धारमा अवरोध भएपछि डोरीको माध्यमबाट गरिएको उद्धार र बाढी प्रभावितको उद्धार गर्न जाँदा नदीमा पल्टिएको डुङ्गामा सवारको उद्धारको डेमो प्रस्तुत गरेका थिए ।
तालिममा सहभागी भएकाले तालिम जीवनको महत्त्वपूर्ण मोड भएको बताउँदै तालिमले आत्मविश्वास र आत्मबल बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण