उपत्यका वरपरका ट्रेकिङ रुट थप व्यवस्थित गरौँ : सांसद जबरा
सारांश
- सांसद उदय शमशेर जबराले ट्रेकिङ एड्भेन्चर टुरिजमलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
- उनले एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प जस्ता स्थानहरूलाई व्यवस्थित गर्न आग्रह गरे।
- भारत र चीनका पर्यटकलाई लक्षित गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड थियो।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले ट्रेकिङ एड्भेन्चर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताएका छन् । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै जबराले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन्।
उनले एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईंकुण्ड, लाङटाङ भ्यालीलाई अझ बढी व्यवस्थित बनाउन आग्रह गरे । भारत र चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘अहिले ट्रेकिङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति एक नम्बरको प्राथमिकतामा परेको सबैभन्दा बढी टुरिस्टहरू पनि यही कारण आउने गरेका छन् । यो ट्रेकिङ जानको निम्ति चार वटा प्रायोरिटी छ । एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईंकुण्ड, लाङटाङ भ्याली नै हुन् । कतिपय टुरिस्टहरू नेपालमा आएर हाइकिङ जाने चाहना छ । विशेष गरेर भारत र चिनियाँ पर्यटकको । उहाँहरूसँग समय हुँदैन । काठमाडौँ आइसकेर एभरेस्ट बेसक्याम्प गएर फर्किनको निम्ति उहाँहरूले तीनदेखि ४ हप्ताको बिदा लिएर आउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण