मधेस प्रदेश सभा सदस्यमाथि साङ्घातिक आक्रमणको प्रयास
सारांश
- सिराहाको लहानमा प्रदेश सभा सदस्य ललिता दास 'विद्रोही' माथि साङ्घातिक आक्रमणको प्रयास भएको थियो।
- जनकपुरधामबाट लहान आइपुगेपछि दुई अपरिचित युवाले दासलाई आक्रमण गर्न खोजेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गर्दै आक्रमणकारीको खोजी गरिरहेको छ।
सिरहा । मधेस प्रदेश सभा सदस्य ललिता दास ‘विद्रोही’ माथि सिराहाको लहानमा साङ्घातिक आक्रमणको प्रयास भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व-पश्चिम लोकमार्गअन्तर्गत लहान नगरपालिका- १ स्थित एनएमबी बैंकनजिक बसबाट ओर्लिए लगत्तै दुई जना अपरिचित युवाले साङ्घातिक आक्रमणको प्रयास गरेको दासले बताएकी हुन् ।
‘बसबाट ओर्लिएपछि दुई जना युवक पूर्वतिरबाट म भएको ठाउँतिर आए,’ उनले भनिन्, ‘मलाई लखेट्न थालेपछि ५० मिटर दक्षिण रहेको घरतिर दौडिँदै छोरीलाई फोन गरेर गेट खोल्न लगाएर भित्र पस्न भ्याएँ ।’
आफू घरभित्र पसेर तत्काल इलाका प्रहरी कार्यालयका लहानमा फोन गरेको भए पनि प्रहरी आइपुग्दासम्म आफूलाई आक्रमणको प्रयास गर्नेहरू फरार हुन भ्याएको उनको गुनासो छ । आफूले प्रदेश सदनमा दलित, महिला, अन्यायमा परेका व्यक्ति र तिनमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढङ्गले आक्रमणको प्रयास भएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएकोबारे बिहान १२:४२ मिनेटमा खबर पाएलगत्तै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताए । प्रहरीको मोबाइल टोली नगरको भित्री भागमा भएकाले उनको घर रहेको ठाउँमा २० मिनेटभित्र पुगेर त्यस क्षेत्र वरिपरि खोजतलास गरेर फर्किएको उनले बताए ।
‘घटनाको विषयमा बुधबार सिसिटिभी क्यामेराको फुटेज हेरेर अनुसन्धान गर्छौँ,’ उनले भने । आक्रमणकारीको पहिचान खुलेपछि नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण