‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’
सारांश
- रक्षा मन्त्री मानवीर राईले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीको सेवा सुविधा बढाउन पहल गरिरहेको बताए ।
- मन्त्री राईले राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रमलाई तराई-मधेस र सिमाना जोडिएका जिल्लामा विस्तार गरिने बताए ।
- आगामी बजेटमा राष्ट्रिय सेवा दलको दायरा र प्रभावकारिता बढाउने विषय समावेश गरिएको छ ।
काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि सरकारले पहल गरिरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ सम्बन्धमा रक्षा मन्त्रालयका सन्दर्भमा सांसदहरूले राखेको जिज्ञासाको जवाफमा उनले सुरक्षाकर्मी र कर्मचारीको सुेवा सुविधा वृद्धिका लागि आर्थिक स्रोतको बढोत्तरी जरुरी रहेको बताए ।
अर्थतन्त्रको सुधार र विस्तारपछि राज्यका हरेक क्षेत्रमा सेवा सुविधा वृद्धिका लागि कुनै पनि कन्जुस्याइँ नगरिने रक्षा मन्त्री राईको भनाइ छ । पछिल्ला दिनमा मुलुकको अर्थतन्त्र सुधारात्मक दिशामा अगाडि बढेको अर्थमन्त्रीले स्पष्ट पारिसक्नुभएको सन्दर्भमा आगामी दिनमा सो बारेमा सरकारले सकारात्मक तवरले नै सोच्ने उल्लेख गरे ।
यस्तै, राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लैजाने सोचमा सरकार रहेको मन्त्री राईले सदनलाई जानकारी गराए । उनले आगामी आवमा तराई मधेस र सिमाना जोडिएका केही जिल्लामा सो कार्यक्रम अगाडि बढाइने उल्लेख गरे ।
‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसीसी) कार्यक्रम युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना विकास गर्ने लक्ष्यका साथ सञ्चालित छ । यस्तै, निःस्वार्थ सेवाको आदर्श मूल्य एवं भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम सफल भएको छ ।
सो कार्यक्रम सेनाको व्यवस्थापनमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रमअनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन्छन् भने सिनियर डिभिजनले दश जोड दुईका विद्यार्थी सहभागी हुने गरेका छन् ।
आगामी आवको बजेटमा ‘राष्ट्रिय सेवा दलको दायरा विस्तार र प्रभावकारिता अभिवृद्धि गरिनेछ’ भन्ने विषय समावेश गरिएको छ । सरकारको निर्देशनमा रहेर आगामी दिनमा सेनाले उत्पादनमूलक क्षेत्रमा पनि सक्रिय हुने र त्यसबाट मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनको कथन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण