अग्नि सापकोटाको टिप्पणी– ओली सरकारबारे सानेपामा उकुसमुकुस छ
सारांश
- माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको कार्यशैलीबारे सानेपामा उकुसमुकुस भएको बताए।
- कांग्रेसको केन्द्रीय समिति बैठकमा एमालेसँगको गठबन्धनको औचित्यमाथि प्रश्न उठेको थियो ।
- सापकोटाले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन्।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको कार्यशैलीबारे सानेपामा उकुसमुकुस भएको बताएका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गरी कांग्रेसको केन्द्रीय कार्यालयमा उकुसमुकुस भएको उनले बताएका हुन् ।
असार १६ गतेदेखि सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठक नेताहरूले एमालेसँग गठबन्धन गर्नुको औचित्यबारे नेतृत्वमाथि प्रश्नै प्रश्न उठाएका थिए । सोही बहसलाई लक्षित गरी सापकोटाले केपी ओली नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
‘सानेपामा गरमागरम बहस भइरहेको छ । उकुसमुकुसको वातावरण छ । रोष्टमबाट नै सत्ता पक्षका सांसदले जेहाद छेडिरहेका छन् । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठुलो अन्तर्विरोध पैदा भइराखेको छ । मलाई लाग्छ अन्तर्विरोध, असन्तुष्टि र आक्रोशलाई कांग्रेस नेतृत्वले थाम्न सक्दैन । यो सरकार धेरै दिन टिक्दैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण