बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सको क्षमता विस्तार गर्न जरुरी : मन्त्री पाण्डे

बुधबार, १८ असार २०८२, १४ : ५८
बुधबार, १८ असार २०८२

सारांश

  • संस्कृति, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले निगमको क्षमता विस्तार गर्नुपर्ने बताए ।
  • उनले हवाई टिकटको मूल्य घटाउन निगमको यात्रु बोक्ने क्षमता बढाउनुपर्ने बताए ।
  • मन्त्री पाण्डेले ठूला एयरलाइन्ससँग सहकार्य र सेवा विस्तार आवश्यक रहेको उल्लेख गरे ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्न जरुरी रहेको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डे हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता विस्तार गर्न जरुरी रहेको बताएका हुन् । 

उनले भने, ‘हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ । सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्यूनतम भयो । बाहिरबाट विदेशी यात्रुहरू जम्मा १० प्रतिशत मात्रै बोक्ने । यो कसरी बढाउन सकिएला भनेर लिजमा लिने कुरा पनि एउटा उपाय हो । लिजमा लिने होमवर्क पनि भइरहेको । यसकै व्यवस्थापन सुधारको कुरामा पनि लागेका छौँ । अलि ठुलो आकारको एयरलाइन्सहरूसँग सहकार्य गरेर काम गर्न सके र नेपाल एयरलाइन्सले सेवाको क्षमता विस्तार गरे मात्रै टिकटको ब्यालेन्स हुन्छ । १० प्रतिशत मात्रै यात्रु बोक्ने हामीले ९० प्रतिशत विदेशीले बोक्ने कुराको ब्यालेन्स नै गर्न सक्दा रहेनछौँ ।’

मन्त्री पाण्डेले राम्रो ऐन र नियम बनाउन जरुरी रहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप