बैंक घोटाला प्रकरण
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पनि पक्राउ
बुधबार, १८ असार २०८२, १६ : ४७
सारांश
- कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र नेपालगन्जबाट पक्राउ परेका छन्।
- मिश्र २०६६ देखि २०७५ सम्म बैंकको अध्यक्ष थिए र उनी विरुद्ध अनुसन्धान भइरहेको छ।
- यसअघि सीआईबीले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई पनि पक्राउ गरेको थियो।
काठमाडौँ । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
मिश्र २०६६ देखि २०७५ सम्म बैंकको अध्यक्ष थिए । यसअघि सीआईबीले कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो ।
आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय नेपालगन्जको हिरासतमा राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । बुधवार नेपालगन्जबाट पक्राउ परेका मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँकै क्षेत्र नम्बर–२ बाट चुनाव लडेका थिए ।
मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण