अपराध
क्रिप्टो कारोबार र ठगीमा संलग्न आरोपमा ६ चिनियाँसहित ५२ जना पक्राउ
बुधबार, १८ असार २०८२, १७ : २०
सारांश
- प्रहरीले क्रिप्टो कारोबार र ठगीमा संलग्न ५२ जनालाई पक्राउ गरेको छ।
- ललितपुरमा कल सेन्टरको आवरणमा बसेर युवती प्रयोग गरी ठगी गरेको पुष्टि भएको छ।
- प्रहरीले उनीहरूको साथबाट १३ लाख नगद र ठगीमा प्रयोग भएका डिभाइसहरू बरामद गरेको छ।
काठमाडौँ । क्रिप्टो कारोबार तथा ठगीमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५२ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले रातोपाटीलाई बताए ।
चिनियाँहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने नाममा सो घर भाडामा लिएका हुन् । ‘मेटो’ नामको डाटिङ एप मार्फत उनीहरूले युवतीहरू प्रयोग गरेर ठगी धन्दा समेत चलाएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीले काठमाडौँको चागलमा पनि उनीहरूले सञ्चालन गरेको कार्यालयमा छापा मारेर ठगीमा प्रयोग गरिएको डिभाइस बरामद गरेको छ । आरोपीहरूको साथबाट स्रोत नखुलेको १३ लाख नगद पनि बरामद गरिएको एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण