अदालत
संवैधानिक नियुक्तिविरूद्धको रिटमा फैसला आउँदै, न्यायाधीशहरू अन्तिम छलफलमा
बुधबार, १८ असार २०८२, १७ : ५९
सारांश
- बुधबार ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि फैसला सुनाइनेछ।
- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू अन्तिम छलफलमा जुटेका छन्।
- २०७७ माघ र २०७८ असारमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध १५ वटा रिट परेका थिए।
काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि बुधबार फैसला सुनाइँदै छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी अन्तिम छलफलमा जुटेका छन् ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यसदिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर न्यायाधीशहरुले छलफलमा समेत जुटेका थिए ।
आज दिनभर न्यायाधीशहरू छलफलमा जुटेका थिए । फैसला सुनाउनुअघि न्यायाधीशहरू अहिले फेरि छलफलमा जुटेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण