विवादित ५२ पदाधिकारी : को कहिले नियुक्त भए ?
सारांश
- सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका १५ रिटमाथि बुधबार फैसला सुनाउने भएको छ।
- २०७७ माघ २१ र २०७८ असार १० गते अध्यादेशमार्फत नियुक्त पदाधिकारीको नियुक्ति वैध वा अवैध ठहर गर्ने तयारी छ।
- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले सुनुवाइ सकेर फैसलाको मिति तोकेको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका १५ थान रिटमाथि बुधबार फैसला सुनाउँदैछ ।
अध्यादेशमार्फत २०७७ माघ २१ र २०७८ असार १० गते नियुक्त गरिएका ती पदाधिकारीको नियुक्ति वैध वा अवैध ठहर गरेर फैसला सुनाउने तयारी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले गरेको छ ।
इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् । संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि गत जेठ १ गते सुनुवाइ सकेर जेठ २८ गते फैसलाको मिति तोकिएको थियो ।
तर इजलासले उक्त दिन निर्णय गर्न नसकेपछि जेठ १८ गतेका लागि निर्णय सुनाउने मिति सारिएको थियो । विवादित ५२ पदाधिकारीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ जना ०७७ माघमा र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीसहित २० जना २०७८ असारमा नियुक्त भएका थिए ।
को कहिले नियुक्त भए ? (२०७७ माघ २१ गते)
अख्तियार दुरुपयोग अनुसन्धान अयोग : प्रमुख आयुक्त प्रेमकुमार राई तथा आयुक्तहरू किशोर कुमार सिलवाल र जयबहादुर चन्द ।
निर्वाचन आयोग : निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग : अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा सूर्यकुमार शर्मा ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिलिहजुर बस्न्यात ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : सदस्यहरू जुद्धबहादुर गुरुङ र अमर राज मिश्र
राष्ट्रिय महिला आयोग : अध्यक्ष कमलाकुमारी पराजुली, सदस्यहरू कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग : अध्यक्ष देवराज विश्वकर्मा, सदस्यहरू मिनादेवी सोब, टुन्जे कामी र मेहले पार्की
राष्ट्रिय समावेशी आयोग : सदस्यहरू रामचन्द्र जोशी र हरिदत्त जोशी
आदिवासी जनजाति आयोग : अध्यक्ष रामबहादुर थापामगर र सदस्यहरू मीनबहादुर श्रीस, रिना राना र शरण राई
मधेसी आयोग : सदस्यहरू जीवछ साह, रेनुदेवी साह र विजयकुमार गुप्ता
थारु आयोग : सदस्यहरू सुबोध सिंह थारु र भोलाराम चौधरी
मुस्लिम आयोग :सदस्यहरु महमदिन अलि र मिर्जा अर्सद वेग
२०७८ असार १० गते
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : आयुक्तहरू हरि पौडेल र सुमित्रा श्रेष्ठ
लोकसेवा आयोग : अध्यक्ष माधव रेग्मी, सदस्यहरू माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी
निर्वाचन आयोग : निर्वाचन आयुक्त सगुन शमशेर जबरा
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : सदस्य विपिन राज निरौला
राष्ट्रिय महिला आयोग : सदस्यहरू जया घिमिरे र सावित्रा कुमारी शर्मा
राष्ट्रिय दलित आयोग : सदस्य सुन्दर पुर्कुटी
राष्ट्रिय समावेशी आयोग : अध्यक्ष रामकृष्ण तिमेल्सेना, सदस्यहरू पुष्पराज तिमिल्सिना र मानबहादुर खत्री
आदिवासी जनजाति आयोग : सदस्य सूर्यबहादुर गुरुङ
मधेसी आयोग : सदस्य आभा कुमारी
थारु आयोग : सदस्यहरू उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी
मुस्लिम अयोग : सदस्य मोहम्मद समशुल हक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण