बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

नगर प्रहरीले ह्विल लक गरेपछि न्यूरोडमा व्यवसायीको ‘सटर डाउन’

बिहीबार, १९ असार २०८२, २० : २३
बिहीबार, १९ असार २०८२

सारांश

  • काठमाडौँको न्यूरोडमा व्यवसायीहरूले नगर प्रहरीसँगको विवादपछि पसल बन्द गरेका छन्।
  • नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूले विरोध जनाएका हुन्।
  • पार्किङको समस्या समाधान नभएको भन्दै व्यवसायीहरूले विरोध स्वरुप पसल बन्द गरेका हुन्।

काठमाडौँ ।  काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् । 

‘एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेपछि हामी व्यवसायीहरू नै मिलेर पसलहरू बन्द गरेका हौँ । पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरेका हौँ,’ ताम्राकार हाउसका एक व्यवसायी भन्छन् । 

11

उनका अनुसार न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्र पसल बन्द गरिएको छ । त्यस क्षेत्रका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भने नो पार्किङमा बाइक राखेपछि केहीबेर विवाद भएको बताउँछन् । 

 ‘पसल बन्द किन गरे त थाहा भएन तर नगर प्रहरीले नो पार्किङमा बाइक राखेकोलाई लक गरेपछि केही बेर विवाद भएको थियो । यसलाई हामीले सामान्य रूपमा लिएका छौँ,’ भट्टराईले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप