भियतनामसँग ट्रम्पले गरे व्यापार सम्झौताको घोषणा
बिहीबार, १९ असार २०८२, १४ : ४२
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्।
- सम्झौताअनुसार अमेरिकाले भियतनामबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाउनेछ।
- भियतनामले अमेरिकी सामानहरूमा कुनै पनि शुल्क लगाउने छैन र यो जुलाईको दोस्रो हप्तामा लागू हुँदैछ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानहरूमा २० प्रतिशत कर लगाउनेछ ।
यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानहरूमा कुनै पनि शुल्क लगाउने छैनन् भनेर ट्रम्पले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेका छन् । यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानहरूमा ४६ प्रतिशत कर लगाएको थियो ।
यो जुलाईको दोस्रो हप्तामा लागू हुँदै थियो । हाल, युरोपेली सङ्घ र जापान लगायत दर्जनौँ देशहरूले अमेरिकाले लगाएको अतिरिक्त भन्सार महसुल अर्थात् ट्यारिफ लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न खोजिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण