हर्क साम्पाङको सिंहदरबारलाई पत्र : एडीबीको पैसा चाहिँदैन, बरु आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला
सारांश
- धरानका मेयर हर्कराज राईले खानेपानी परियोजनाका लागि एडीबीको ऋण नलिन मन्त्रालयलाई आग्रह गरे।
- मेयर राईले राष्ट्रिय आम्दानीबाटै खानेपानी योजना अघि बढाउन र एडीबी ऋणको भार थपिन नहुने बताए।
- सप्तकोशीको पानी धरानमा ल्याउने योजना कार्यान्वयन नहुँदा जनतामा निराशा छाएको छ।
धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेख्दै आगामी खानेपानी परियोजनाका लागि एशियाली विकास बैंकको ऋण नलिन आग्रह गरेका छन्। देशमा विदेशी ऋणको भार थपिने भन्दै उनले राष्ट्रिय आम्दानीकै स्रोतबाट खानेपानी योजना अघि बढाउन माग गरेका छन्।
धरान उपमहानगरपालिकाबाट पठाइएको पत्रमा भनिएको छ, ’कम्तीमा ३० वर्ष पुग्ने दीर्घकालीन खानेपानी योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन पटक–पटक मन्त्रालय धाउँदा पनि अझै योजना कार्यान्वयन नहुँदा जनतामा निराशा छ।
यसैबीच प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले ४ करोड रुपैयाँ मात्र विनियोजन गरेको र बाँकी रकम एडीबीको ऋणमार्फत ल्याइने तयारी भएको बुझिएको छ। यस्तो अवस्थामा धरानले पहिले लिएको एडीबीको ऋणसमेत तिर्न बाँकी रहेको हुँदा फेरि विदेशी ऋणको भार थपिनु उपयुक्त हुँदैन।’
नगर प्रमुख राईले अगाडि भनेका छन्, ’हामी आफ्नै आम्दानीबाट खानेपानी योजना अगाडि बढाउन चाहन्छौं। यदि त्यो सम्भव नभए हामी आफै खोला, खोल्सीको पानी जोडेर धरानका जनताको गुजारा चलाउनेछौं।’
खानेपानी मन्त्रालयका लागि लेखिएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत सम्बन्धित निकायहरूलाई समेत पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण