बजेट विवाद : बागमतीमा दलहरूबिच जुट्यो सहमति
मकवानपुर। बागमती प्रदेश सभा सञ्चालनका विषयमा लिएर दलहरूबिच सहमति भएको छ। बिहीबार दिउँसो सभामुख भुवन कुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबिच सहमति जुटेको हो ।
बागमती प्रदेशका ६ दल बिच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति भएको हो। बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रतिपक्षले उठाउँदै आएका विषयलाई समेट्ने गरी बैठकमा सहमति भएको बताए ।
बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको उनले बताए । उनका अनुसार सरकारले बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्नेगरी सहमति गरेको छ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले सहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी थिए ।
योसँगै पटक पटक रोकिँदै आएको बागमती प्रदेशसभा सञ्चालन हुने बाटो खुलेको छ। बिहीबार साँझ नै प्रदेशसभा बैठक सञ्चालन गर्ने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।
यसअघि बिहान दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो। २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टाँस गरेर ५ बजेका लागि बैठक सारिएको थियो।
बजेटमाथिको विवादका कारण प्रदेशसभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण