सहमतिपछि बागमती प्रदेशसभा बैठक सुरु
बिहीबार, १९ असार २०८२, १९ : १०
मकवानपुर । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । पछिल्लो पटक बिहीबार साँझ ५ बजेका लागि सारिएको बैठक साँझ ६ः४५ बजे सुरु भएको हो । दलहरूबिच बजेट माथिको छलफल प्रारम्भ गर्ने ८ बुँदे सहमति भएसँगै प्रदेशसभा बैठक सुरु भएको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालीन खर्च व्यवस्थापन प्रस्ताव पेस गर्ने र आगामी आर्थिक वर्षको बजेट वक्तव्य माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा राप्रपा सहभागी छैन ।
बैठक सुरु भए लगत्तै राप्रपाका संसदीय दलका नेता उद्धव थापाले आफ्नो धारणा राख्दै बजेटका त्रुटि नसमेटिएसम्म बैठकमा सहभागी नहुने भन्दै बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण