एमआरपी अनुगमनलाई तीव्रता दिँदै वाणिज्य विभाग, तीन पसललाई ५ लाख जरिवाना
काठमाडौँ । अधिकतम खुद्रा मूल्य राख्ने विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप तीव्रता दिएको छ । विभागको अनुगमनलाई व्यवसायीले विरोध गरिरहँदा विभागले बिहीबार काठमाडौँ उपत्यकाका तीन व्यावसायिक फर्मलाई ४ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागले ललितपुर महानगरपालिका–९ मा रहेको एस.एम. ओभरसिजलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै, काठमाडौँ महानगरपालिका–११ स्थित म्याजेस्टिक कलर्स सिभिललाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ।भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ को समादेवी बिल्डिङ मटेरियल्सलाई पनि ९० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
बिहीबारको अनुगमनका क्रममा विभागले एक दर्जनभन्दा बढी अन्य फर्महरूको पनि निरीक्षण गरेको थियो । तीमध्ये केहीलाई आवश्यक कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने केहीलाई व्यावसायिक आचरण र मापदण्ड पूर्ण पालना गर्न सामान्य निर्देशन दिइएको छ ।
यसरी तीन दिनभित्र बोलाइएका फर्महरूमा मध्यपुर थिमिस्थित दशवरी ईलेक्ट्रिक हाउस तथा काठमाडौंको सि. बी. ब्रदर्श इन्टरप्राइजेज, सन्तोष इन्टरनेशनल र तेजस इम्पेक्स प्रा. लि. रहेका छन् ।
यसबाहेक, विभागको टोलीले अनुगमन गरिएका अन्य नौ वटा कम्पनीलाई सामान्य निर्देशन दिएर छाडेको छ ।
उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकेका व्यावसायिक मापदण्ड पूर्ण रूपमा पालना गर्न, मूल्य सूची अनिवार्य राख्न, खरिद तथा बिक्री बिलबिजक दुरुस्त राख्न र व्यवसायलाई व्यवस्थित गर्न सचेत गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण