विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरूलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिए।
- उनले पार्टीको नीति र विधिको तय विधान महाधिवेशनले गर्ने बताएका छन्, र सुझावका आधारमा नीति बन्ने कुरा गरे।
- बैठकमा नेताहरूलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्न आग्रह गरियो।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन् । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिए ।
‘पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला’, महासचिव पोखरेलले भने, ‘सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।’
उनले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गरे । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको बताए ।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले एमाले नेतृत्वको सङ्घ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण