अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
शुक्रबार, २० असार २०८२, ११ : ४९
सारांश
- अविरल वर्षाले अछामको रामारोशन गाउँपालिकामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
- पहिरोले स्थानीय अम्मर रावलको घर जोखिममा परेको छ।
- प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ र सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
धनगढी । अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिका–२, मुजाबगरस्थित जयगढ–शान्तडा भित्री कच्ची सडक खण्डमा ठुलो पहिरो खसेको छ। आज बिहान करिब ७:०० बजे आएको पहिरोले करिब ५० मिटर सडक खण्ड पूर्वरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सडक माथिबाट रुख, ढुङ्गा र माटोसहित खसेको पहिरोका कारण सोही ठाउँका अम्मर रावलको दुई तले चार कोठे ढुङ्गा–माटोले बनेको घर समेत उच्च जोखिममा परेको छ।
सडक अवरोध हटाउने कार्यमा प्रहरी नायब निरीक्षक गणेश बहादुर चन्दको कमान्डमा तीन जना सुरक्षाकर्मीको टोली खटिएको प्रहरीले जनाएको छ। हाल सडक खुलाउने प्रयास भइरहेको छ।
प्रहरीले जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण