हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
सारांश
- काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ।
- अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको छ।
- विगतका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामीहरु देखिएका थिए।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिए ।
उनका अनुसार विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमित जस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै महानगरले नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रम महानगरका ३२ वटै वडामा सुरु गरिएको भुसालले जानकारी दिए । विगतका वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामीहरु भेटिएका थिए ।
दूषित पानीबाट सर्ने ब्याक्टेरियाजन्य रोगहरूमध्ये एक हो हैजा । पिउनेपानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सर्ने गरेको
चिकित्सहरूले बताउने गरेका छन् । हैजा जीवाणुको सङ्क्रमणका कारण हुन्छ । सामान्यतया पखाला लाग्ने यो रोगको तत्काल उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण