सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा थप ३० दिनका लागि रोक लगाएको छ ।
शुक्रबार प्रशासन कार्यालयले मनसुन सक्रिय रहिरहेको र सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न असार २० गतेदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, बीपी राजमार्गको सिन्धुली–खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई हरेक दिन साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
यसअघि २०८२ असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले १५ दिनका लागि रात्रिकालीन यात्रामा रोक लगाउने निर्णय गरेको थियो ।
प्रशासनले जोखिम कायमै रहेको भन्दै सवारी आवागमनमा गरिएको रोकलाई थप ३० दिन निरन्तरता दिइएको जारी सूचनामा उल्लेख छ ।
‘हाल पनि मनसुन सक्रिय अवस्थामा नै रहेकाले बीपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौँतर्फ जाने सार्वजनिक/निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० (तीस) दिनका लागि निषेध गरिएको व्यहोरा अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण