बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सेनाले खाली गर्‍यो बागवानी विकास केन्द्रको जग्गा

शुक्रबार, २० असार २०८२, २१ : ३५
शुक्रबार, २० असार २०८२

सारांश

  • मुस्ताङको घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले खाली गरेको छ।
  • सशस्त्र द्वन्द्वकालमा सेनाले प्रयोग गरेको उक्त जग्गा २३ वर्षपछि बागवानी केन्द्रलाई फिर्ता गरिएको हो।
  • इन्द्रबक्स गणले जग्गा खाली गरेपछि अब बागवानी केन्द्रले फलफूल र तरकारी खेती गर्ने जनाएको छ।

मुस्ताङ । नेपाली सेनाले प्रयोग गर्दै आएको मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा चौबिस वर्षपछि बागवानी केन्द्रलाई प्रयोग गर्न मिल्ने गरी खाली गरेको छ ।

वि.सं २०५८ देखि नेपाली सेनाको सुरक्षा पोस्टका रूपमा सो जग्गा प्रयोग हुँदै आएको थियो । सशस्त्र द्वन्द्वकालीन समयमा म्याग्दी र मुस्ताङको सीमा क्षेत्र थासाङको घाँसामा सेनाले सुरक्षा पोस्ट खडा गरेको थियो ।

जोमसोमस्थित इन्द्र बक्स गण्डका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा ‘मर्ज’ भएकाले उक्त जग्गा बागवानी विकास केन्द्रलाई प्रयोग गर्ने गरी खाली गरिएको जानकारी दिए ।

नेपाली सेना अन्तर्गत ईन्द्रबक्स गणले गत असार १३ गते लिखित रूपमा सहमति गरेर उक्त स्थानको जग्गा शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई जिम्मा दिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताए ।

‘नेपाली सेनाले हाम्रो जग्गा खाली गरेको छ,’  केन्द्र प्रमुख आत्रेयले भने । अब सो जग्गामा केन्द्रले हावापानी सुहाउँदो फलफूल तथा तरकारी विकास र विस्तार गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप