कर्णालीमा बजेट पारित पश्चात् राप्रपाले भन्यो-'यो कर्णालीको बजेट होइन, दलालीको बुलेटिन हो'
सारांश
- कर्णाली प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित भयो।
- राप्रपा सांसद सन्तोषी शाहीले बजेटप्रति असन्तुष्टि जनाउँदै यसलाई 'दलालीको बुलेटिन' को संज्ञा दिइन्।
- उनले बजेट पारित हुनुमा राजनीतिक बेइमानी र भागबन्डा भएको आरोप लगाइन्।
सुर्खेत । कर्णाली प्रदेश सभामा शुक्रबार आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत रूपमा पारित भएको छ। तर, बजेट पारित भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीले प्रदेश सभा भवन अगाडि तस्बिर खिचाउँदै बजेटप्रति गम्भीर असन्तुष्टि र आक्रोश व्यक्त गरेकी छिन् ।
उनले यो बजेटलाई ‘दलालीको बुलेटिन’ को संज्ञा दिएकी छन् । सांसद शाहीले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी पोस्ट गर्दै बजेट पारित हुनुको पछाडि ठुलो राजनीतिक बेइमानी र भागबन्डा रहेको आरोप लगाएकी हुन् ।
उनले भनेकी छिन्, 'अन्ततः बजेट पास भयो- न त जनताको मागमा, न त प्रदेशकै जरुरी आवश्यकतामा, तर बिचौलियाको टेबुल र कमिसनको क्याल्कुलेटर हेरेर यो वर्षको बजेट पारित भयो।'
उनले प्रमुख प्रतिपक्षी दल माओवादी र सत्तारुढ दल नेपाली कांग्रेसको भूमिकामाथि पनि प्रश्न उठाएकी छिन् ।
सुरुमा बजेटको चर्को विरोध गर्ने, रोष्टमबाट किताब च्यात्ने जस्ता नाटकीय हर्कत देखाए पनि अन्ततः भागबन्डामा कुरा मिलेको उनको आरोप छ।
'सुरुमा आँखा रातो पारेर विरोध गरे, तर अन्तिममा ‘अबेरसम्म कराउने, भागबन्डा मिलाउने’ पुरानै राजनीतिक नौटङ्की दोहोरियो,' उनले लेखेकी छिन् ।
सांसद शाहीले यो बजेटले कर्णाली र कर्णालीका जनताको हित नगर्ने ठोकुवा गरेकी छिन् । 'त्यसैले म भन्छु- यो कर्णालीको बजेट होइन, दलालीको बुलेटिन हो,' उनले आफ्नो अडान स्पष्ट पारेकी छन् ।
यस्तो प्रवृत्तिले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को सपना कसरी साकार होला भन्दै उनले प्रश्न गरेकी छिन्।
अन्त्यमा, उनले व्यङ्ग्यात्मक शैलीमा भनेकी छिन्, ‘बन्छ कर्णाली हाम्रै पालामा हैन त ?’ लौ बधाई छ !'
सांसद शाहीको यो अभिव्यक्तिलाई नेकपा एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले समर्थन गर्दै भनेकी छन्- यो तीन दलको रजाइँ हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण