चीनद्वारा नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
शनिबार, २१ असार २०८२, ११ : २५
सारांश
- चीनले सिचुआनबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।
- उपग्रह शियान-२८ बी ०१ लाई लङ मार्च-४ सी रकेटमार्फत प्रक्षेपण गरिएको थियो।
- यस उपग्रहको प्रयोग अन्तरिक्ष वातावरण र प्रविधिका परीक्षणको लागि गरिनेछ।
बेइजिङ । चीनले दक्षिण पश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ उपग्रहको परीक्षण गरेको छ । शियान–२८ बी ०१ उपग्रह शुक्रबार साँझ ५ः ३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो ।
सो उपग्रह पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको छ । उपग्रह मुख्यतया अन्तरिक्ष वातावरण अन्वेषण र सम्बन्धित प्रविधि परीक्षणहरूको लागि प्रयोग गरिनेछ । यो लङ मार्च वाहक रकेट शृङ्खलाको ५८३ औँ उडान मिसन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण