१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा
शनिबार, २१ असार २०८२, १३ : १६
सारांश
- सुनसरीको वराहक्षेत्र नगरपालिकाबाट प्रहरीले गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ।
- प्रहरीले कारको डिकीमा लुकाएर राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको छ।
- प्रहरीले गाँजा ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास गरिरहेको छ।
सुनसरी । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बिहान सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको थियो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण