सहकारीलाई अब केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता : मन्त्री अधिकारी
सारांश
- मन्त्री बलराम अधिकारीले सहकारीको स्वनियमनको पद्धतिलाई सन्तुलनमा ल्याउनुपर्ने बताए।
- उनले सहकारी नियमन प्राधिकरण बनाउनुको कारण र त्यसको आवश्यकतामा जोड दिए।
- मन्त्रीले सहकारीलाई नियन्त्रण होइन, सन्तुलन र स्वतन्त्रताको बाटोमा लैजानुपर्ने विचार व्यक्त गरे।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीले तोडेको स्वनियमनको पद्धतिलाई ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण र सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।
शनिबार ललितपुरमा १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कमजोरीहरू सबै ठाउँबाट भएको बताउँदै अब विगतमा भएका कमजोरीलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।
उनले सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर माग आए बमोजिम नै प्राधिकरण बनाइएको बताए । नियमन प्राधिकरण बनेसँगै काम नै सुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको उनको भनाई थियो।
मन्त्री अधिकारीले भने—‘कमजोरी सबै ठाउँबाट भएको छ । अब त्यो कमजोरीलाई सच्याएर अघि जान जरुरी छ । यहाँहरूकै माग हो की यो सहकारी नियमन गर्नको निम्ति सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर यहाँहरूले नै आवाज उठाउनुभएको होइन ? यहाँहरूले आन्दोलन गर्नुभएको होइन, यहाँहरूले माग राख्नुभएको होइन ? अहिले त्यही नियमन प्राधिकरण बनेको छ । उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ, भन्ने कुरा सुरुवात नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ । बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन । कुनै पनि कुराहरू बिग्रिएको छ भने आचरणहीन भइसकेको छ, भने आचरणभित्र ल्याउन नियन्त्रण गर्नैपर्छ । हामी सहकारी नियन्त्रण गरेर जाने भन्दैनौँ । सरकारले भनेको पनि छैन । स्वनियमको आधारमा चल्ने भनियो । स्वनिमयताको आधारमा हामीले पद्धति तोड्यौँ । अहिले त्यो पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता । यसरी जानुपर्छ ।’
मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण