वैभव सूर्यवंशीले बनाए नयाँ कीर्तिमान
शनिबार, २१ असार २०८२, २१ : ३७
सारांश
- भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीले यू-१९ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नयाँ कीर्तिमान बनाएका छन्।
- १४ वर्षीय वैभवले ५२ बलमा शतक बनाउँदै कीर्तिमान कायम गरे।
- उनले ७८ बलमा १४३ रन बनाए जसमा १३ चौका र १० छक्का सामेल थिए।
वोस्टर । भारतका युवा सनसनी वैभव सूर्यवंशीले इङ्गल्याण्डको वोस्टरमा खेलिरहेको पुरुष यू-१९ युवा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नयाँ कीर्तिमान बनाएका छन्।
१४ वर्षीय वैभव सूर्यवंशीले यू-१९ र युथ एकदिवसीयमा अहिलेसम्मकै सबैभन्दा छिटो शतक बनाएका हुन् । वैभवले केवल ५२ बलमा १०० रन बनाए।
पाँच खेलको यो शृङ्खलाको चौथो खेलमा वैभवले ७८ बलमा कूल १४३ रन बनाए । यसमा १३ चौका र १० छक्का समावेश थिए।
यस खेलमा भारतीय टोलीले ९ विकेट गुमाएर ३६३ रन बनाएको छ। यसरी, इङ्ग्ल्याण्डलाई ३६४ रनको लक्ष्य दिइएको छ।
भारतको अन्डर-१९ टोली हाल यस शृङ्खलामा २-१ ले अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण