उज्बेकिस्तानसँग जारी खेलमा नेपालको रोमाञ्चक ३–३ को बराबरी
सारांश
- एसियन कप छनोटमा नेपाल र उज्बेकिस्तानबीचको खेल ३-३ को रोमाञ्चक बराबरीमा टुङ्गियो।
- पहिलो हाफमा पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्यो।
- खेलमा सावित्रा भण्डारीले गोल गरिन् भने उज्बेकिस्तानका एक खेलाडी रातो कार्ड खाँदै बाहिरिए।
काठमाडौँ ।एसियन कप २०२६ छनोट अन्तर्गतको जारी निर्णायक खेलमा नेपाली महिला फुटबल टोलीले उज्बेकिस्तानसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको छ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सावित्रा भण्डारीको ह्याट्रिकमार्फत तीन गोल गर्दै ३–३ को बराबरी बनाएको हो।
खेलको सुरुवातमै नेपालले खराब प्रदर्शन गर्यो। दोस्रो मिनेटमा खबिबुलाएभा डियोराखोनले उज्बेकिस्तानका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसको केही समयपछि, ११ औँ मिनेटमा समीक्षा घिमिरेको आत्मघाती गोलले नेपाललाई थप दबाबमा राख्यो।
तर २४ औँ मिनेटमा सावित्रा भण्डारीले डी बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै नेपालको लागि एक गोल फर्काइन्। उज्बेक गोलकिपरले बल रोक्न नसक्दा नेपालले आशा जगाएको थियो।
३९ औँ मिनेटमा उज्बेक टोलीले पेनाल्टीमार्फत तेस्रो गोल गर्यो। माफटुना सोयीमोभाले गोल गर्दै उज्बेकिस्तानको अग्रता फराकिलो बनाइन्।
तर पहिलो हाफकै इन्जुरी समयमा उज्बेक खेलाडी एर्गासेभा नोजिमाखोनले सावित्रा भण्डारीमाथि फाउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिइन्। यससँगै उज्बेक टोली १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफमा नेपालले खेलमा फर्किने प्रयास जारी राख्यो र अन्ततः दुई गोल गर्दै खेल बराबरीमा ल्यायो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण