शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: बागमतीको बजेट पास गर्ने तयारी, एसियन कप छनोटबाट बाहिरियो नेपाल

आइतबार, २२ असार २०८२, ०० : ००
आइतबार, २२ असार २०८२

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ–

१. बागमतीको बजेट पास गर्ने तयारी

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिएको छ । आइतबार नै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो । 

बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर  गरेर बसेको थियो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

३. असारमा फिल्म छायाङ्कन 

असार वर्षाको महिना हो । वर्षामा बाढी–पहिरोको डरसमेत हुने भएकाले मानिसहरू यात्रा गर्न समेत रुचाउँदैनन् । तर, नेपाली फिल्म उद्योगको एउटा तप्का भने यही झरी, बादल र हिलोलाई छिचोल्दै लाइट्स, क्यामेरा, एक्सन’ भन्न तल्लीन छ ।

४. छैन प्राथमिकता

संसदीय दुई समिति र धितोपत्र बोर्डका अध्यक्षको आ–आफ्नै स्वार्थका कारण साधारण सेयर (आईपीओ) निष्कासन अझै अन्योलमा देखिएको छ । साढे एक वर्षदेखि आईपीओ निष्कासन प्रक्रिया अन्योलमा रहँदै आएको छ ।

५. कुलिङ पिरियडमा गडबडी

‘सङ्घीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमित भएको छ। 

६.  देउवा र प्रचण्डको भेट

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गत शुक्रबार शीतल निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको भेटलाई सरकार बदल्ने भेटको रूपमा चित्रण गर्न नहुने बताएका छन् । 

७. एमालेको विधान

नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै पार्टीको आगामी महाधिवेशनमा उनको भूमिकालाई लिएर बहस सुरु भएको छ ।

८. भारत–अमेरिका सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतसँग जबरजस्ती व्यापार सम्झौता गर्न खोज्दै छन् । उनले प्रस्ताव गरेको सम्झौताको स्वरूप हेर्ने हो भने यसले हामीलाई ‘इष्ट इन्डिया कम्पनी’ को झल्को दिन्छ । उक्त कम्पनीले भारतलाई २ सय वर्षसम्म स्थायी उपनिवेश बनाउने काममा सफलता हात पारेको थियो । 

९. नेपाल च्याम्पियन

एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

१०. स्वास्थ्य

११. बाहिरियो नेपाल

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप