एसियन कप छनोटबाट नेपाल बाहिरियो, पेनाल्टीमा उज्बेकिस्तानसँग ४–२ ले पराजय
सारांश
- एसियन कप २०२६ छनोटको खेलमा नेपाल पेनाल्टी सुटआउटमा उज्बेकिस्तानसँग पराजित भयो।
- निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।
- रोमाञ्चक खेलमा उज्बेकिस्तान विजयी हुँदै एसियन कपमा छनोट भयो।
काठमाडौँ । एसियन कप २०२६ छनोट अन्तर्गतको निर्णायक खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को हारसँगै नेपाली महिला फुटबल टोली प्रतियोगिताबाट बाहिरिएको छ।
निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो। तर, निर्णायक क्षणमा नेपाली टोली दबाबमा चुक्दा उज्बेकिस्तान विजयी बन्दै अर्को चरणमा पुगेको छ।
खेलमा नेपालका लागि सावित्रा भण्डारीले शानदार प्रदर्शन गर्दै ह्याट्रिक गरिन्। उनले २४, ७१ र ७३ औँ मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्।
खेलको सुरुवातमै उज्बेकिस्तानले आक्रामक खेल देखाउँदै दोस्रो मिनेटमा खबिबुलाएभा डियोराखोनमार्फत पहिलो गोल गर्यो। त्यसपछि समीक्षा घिमिरेको आत्मघाती गोल (११ औँ मिनेट) र माफटुना सोयीमोभाको पेनाल्टी गोल (३९ औँ मिनेट) मार्फत उज्बेक टोलीले ३–१ को अग्रता बनाएको थियो।
पहिलो हाफको इन्जुरी समयमा उज्बेकी खेलाडी एर्गासेभा नोजिमाखोनले सावित्रा भण्डारीमाथि गम्भीर फउल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्, जसले उज्बेक टोलीलाई १० खेलाडीमा सीमित गर्यो।
दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको थियो। तर, पेनाल्टी सुटआउटमा कप्तान सावित्रा भण्डारी र गोलरक्षक अञ्जना राना मगरले पेनाल्टी मिस गर्दा नेपालको सपना अधुरो रह्यो।
नेपालका लागि पेनाल्टीमा गीता राना र सबिता रानामगरले मात्र गोल गर्न सकिन्। हारसँगै नेपाली टोलीको एसियन कप २०२६ यात्रा टुङ्गिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण