बागमतीः बजेटको पुरक प्रस्तावसहित विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
सारांश
- बागमती प्रदेशसभाले आगामी आर्थिक वर्षको बजेटको पुरक प्रस्ताव स्वीकृत गरेको छ।
- विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारको माग गरेका थिए।
- प्रदेश सरकारले सांसदहरूको सुझावका आधारमा काम गर्ने प्रतिबद्धता जनाएको छ, र बैठक आइतबार पुनः बस्नेछ।
हेटौँडा । बागमती प्रदेशसभा बैठकले बजेटको पुरक प्रस्ताव हित विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले संसदमा टेबुल गरेको सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धी प्रस्ताव (विनियोजन विधेयक)लाई प्रदेशसभा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेश गरेको विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावमा सांसदहरूले हुन्छ भनेर स्वीकृत गरेका हुन् । त्यसअघि प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री सरजचन्द्र लामिछानेले बजेट माथिको पुरक प्रस्ताव पेश गरेका थिए । सरकारले विपक्षी दलहरूको माग अनुसार संसदमा पुरक प्रस्ताव पेश गरेको हो ।
सरकारले बजेट निर्माणको क्रममा समावेश गर्न छुटेका योजना कार्यक्रमलाई पुरक प्रस्तावमा समावेश गरिएको हो । सो योजनाहरू समावेश गरिएको पुरक प्रस्तावलाई संसद्ले पारित गरेर सरकारलाई निर्देशन दिने र कार्यान्वयनमा लाने गरी अघि बढाइने जनाइएको छ ।
त्यसलगत्तै सभामुख पाठकले विनियोजन विधेयक माथिको सामान्य छलफल अघि बढाएका थिए । छलफलमा विपक्षी दलका सांसदले मात्र भाग लिएका थिए । विनियोजन विधेयक माथिको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रन्तप्रसाद ढकाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादी दलका नेता कृष्णप्रसाद शर्मा खनाल र नेमकीपाका दलका नेता सुरेन्द्रराज गोर्साईले भाग लिएका थिए ।
उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सुधार गर्न आग्रह गरेका थिए । सरकारका मन्त्री र सत्तापक्षका सांसदहरू नै असन्तुष्ट रहेकाले आन्तरिक सुन्तुलन मिलाउन उनीहरूले आग्रह गरे । सरकारले बजेटमा भएका असन्तुलन र अव्यवहारिक कार्यक्रम मिलाएर समृद्ध बागमती प्रदेश निर्माण अघि बढ्नुपर्ने उनीहरूले बताए ।
बैठकमा विनयोजन विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री काफ्लेले समृद्ध बागमती प्रदेश बनाउन सरकार प्रयत्नरत रहेको बताए । प्रदेशको आय स्रोत व्यवस्थापन र खर्च प्रणाली सुधारमा सरकार स्पष्ट धारणासहित अघि बढेको उनले बताए । संसदको सुझावका आधारमा प्रदेश सरकार अघि बढ्ने उनको भनाइ छ ।
त्यस लगत्तै सभामुख पाठकले विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्तावका लागि बिहान ११ बजेसम्मको समय निर्धारण गरेर प्रदेशसभा बैठक स्थगित गरेका थिए । संसदीय अभ्यास अनुसार विनियोजन विधेयक टेबुल भएको ४८ घण्टासम्म छलफल अघि बढाउने प्रचलन थिएन । यसपटक भने विनियोजन विधेयक माथिको छलफल निरन्तर अघि बढाउने गरी खर्च कटौत्रीको प्रस्तावका लागि पनि प्रयाप्त समय दिइउको छैन । प्रदेशसभा बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने छ । उक्त बैठकमा मन्त्रालयगत रुपमा विनियोजन विधेयक माथि छलपल हुनेछ भने सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण