गाजामा युद्ध विरामका लागि कतारमा वार्ता टोली इजरायल पठाउँदै
आइतबार, २२ असार २०८२, ०३ : ०६
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविरामबारे कतारमा वार्ता टोली पठाउने घोषणा गरेका छन्।
- इजरायलले हमासले कतारी प्रस्तावमा गरेका केही संशोधनलाई अस्वीकार्य भनेको छ, तर विस्तृत जानकारी दिएको छैन।
- हमासले ६० दिनको युद्धविरामका लागि अमेरिकाको मध्यस्थतामा तयार पारिएको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएको थियो।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध विरामका लागि प्रस्तावित सम्झौतामाथि छलफल गर्न इजरायलले वार्ता टोली कतार पठाउने घोषणा गरेका छन्।
शनिबार राति जारी गरिएको प्रधानमन्त्री कार्यालयको वक्तव्यमा नेतन्याहुले वार्ताका लागि आएको निमन्त्रणा स्वीकार गर्दै वार्ता टोलीलाई कतार पठाउने निर्देशन दिएकाे अलजजीराले जनाएको हुन्।
यद्यपि इजरायल ले भने हमासले कतारी प्रस्तावमा गर्न खोजेका केही संशोधनहरू “अस्वीकार्य” रहेको जनाएको छ। ती संशोधनहरू के हुन् भन्नेबारे भने विस्तृत जानकारी दिइएको छैन।
शुक्रबार हमासले अमेरिकाको मध्यस्थतामा तयार पारिएको प्रस्तावमा “सकारात्मक प्रतिक्रिया” दिएको जनाउँदै ६० दिनको युद्ध विरामका लागि सहमति जनाउने सङ्केत दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण