सर्वोच्चले शून्यमा झार्यो ८ वर्ष पुराना मुद्दा
सारांश
- सर्वोच्च अदालतले ८ वर्ष पुराना मुद्दाहरू चालु आर्थिक वर्षमा शून्यमा झारेको छ।
- अदालतका अनुसार दुई वटा मुद्दाको फैसला सुनाउन बाँकी छ र आगामी आर्थिक वर्षमा ७ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य छ।
- २०७९ असारमा ५ वर्ष पुराना मुद्दा २०८३ सम्म शून्यमा झार्ने कार्य योजना पारित भएको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले आठ वर्ष नाघेका मुद्दाहरू शून्यमा झारेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुमा ३०९ वटा ८ वर्ष पुराना मुद्दा रहेकोमा ती सबै फर्छ्यौट भएको अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
उनका अनुसार दुई वटा मुद्दाको भने फैसला सुनाउन बाँकी छ । ‘८ वर्ष पुराना सबै मुद्दाको फर्छ्यौट भएको छ । दुई वटा मुद्दाको सुनुवाइ सकिएर असार २४ गते निर्णय सुनाउने मिति तोकिएको छ,’ उनले भने ।
अब सर्वोच्चमा सात वर्ष पुराना मुद्दा १८२ र ६ वर्ष पुराना मुद्दा ४३४ वटा रहेका छन् । आगामी आर्थिक वर्षमा ७ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य रहेको प्रवक्ता कुइँकेलले जानकारी दिए । २०७९ असारमा बसेको न्यायाधीशहरूको पूर्ण बैठकले २०८३ सम्म ५ वर्ष पुराना मुद्दा शून्यमा झार्ने कार्य योजना पारित गरेको थियो ।
२०८१ साउन १ गतेदेखि प्रारम्भ भएको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाले २०८३ सम्म सर्वोच्चमा ५ वर्ष पुराना मुद्दा शून्य बनाउने, उच्च र जिल्ला अदालतमा २ वर्ष नाघेका मुद्दा शून्य बनाउने र जुनसुकै मुद्दा १८ महिनाभित्र छिनोफानो गर्ने लक्ष्य लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण