बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
आलम छुटेपछि बम विस्फोटको खत बोकेर काठमाडौँ आइपुगे गौरीशङ्कर, तस्बिरहरू
फोटो

आलम छुटेपछि बम विस्फोटको खत बोकेर काठमाडौँ आइपुगे गौरीशङ्कर, तस्बिरहरू

आइतबार, २२ असार २०८२

काठमाडौँ । २०६४ को चैत २७ मा रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका पीडित गौरीशङ्कर राम चमारले काठमाडौँमा पत्रकार सम्मेलन गरेका छन् । 

gaurishankar chamar (1)

पत्रकार सम्मेलनमा उनले आफू अब फेरी सर्वोच्च अदालतसम्म न्यायको लागि जाने बताएका छन् । ‘त्यहाँ बम विस्फोट भएर घाइते भएको म छु । प्रमाण म यहाँ छु । मलाई अन्याय भएको छ मैले भनिरहेको छु,’ उनले भने ।

gaurishankar chamar (2)

अदालतले प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको केही हप्तामै भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशङ्करले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेका हुन् ।

gaurishankar chamar (3)

फरहदवा नरसंहारमा घाइते भएर बल्लतल्ल बाँचेका गौरीशङ्कर शरीरका खतैखत बोकेर घटनाको फेहरिस्त बताउन काठमाडौँ आइपुगेको बताएका छन् ।

१८ वर्ष अघिको त्यो घटनामा उनले दुवै कान गुमाए । अनुहार, घाँटी र छातीमा गम्भीर चोट लागेको छ । घटना पछिका खतका कारण उनी कान, टाउको, अनुहार र घाँटी गम्छाले ढाकेर हिँड्छन् । आइतबारको पत्रकार सम्मेलनमा पनि उनी त्यही स्वरूपमा आएका थिए ।

gaurishankar chamar (4)gaurishankar chamar (5)gaurishankar chamar (6)gaurishankar chamar (7)gaurishankar chamar (8)gaurishankar chamar (9)gaurishankar chamar (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया